विशेषज्ञ: डा. शैलज रञ्जितकार, आर्थोपेडिक्स सर्जन | विषय: हाड जोर्नी सम्बन्धि (ओस्टियोपोरोसिस र ओस्टियोआर्थ्राइटिस)
अजिज् स्वास्थ्य फोरम (Aji’s Health Forum) ज्येष्ठ नागरिकहरुसँग सम्बन्धित स्वास्थ्य समस्याहरुको बारेमा डाक्टरहरु र विशेषज्ञहरु सँग प्रत्यक्ष कुराकानी गर्ने फोरम हो। यस स्वास्थ्य फोरमको उद्देश्य ज्येष्ठ नागरिकलाई बढी हुने स्वास्थ्य समस्याहरुको बारेमा जानकारी दिनु र छलफल गर्नु हो।
अजिज् स्वास्थ्य फोरमको दोस्रो सत्र ओस्टियोपोरोसिस र ओस्टियोआर्थ्राइटिस अर्थात् हाड जोर्नी सम्बन्धि रहेको थियो। कार्यक्रममा विशेषज्ञ डा. शैलज रञ्जितकारले ओस्टियोपोरोसिस र ओस्टियोआर्थ्राइटिसको बारेमा विस्तृत रुपमा जानकारी दिनु भयो। डा. शैलज रञ्जितकार आर्थोपेडिक्स सर्जन हुनुहुन्छ। उहाँको विशेषज्ञता आघात र आर्थोपेडिक्स हो भने हिप र घुडाँको प्रतिस्थापन र घुडाँको आर्थ्रोस्कोपिक शल्यक्रियामा पनि उहाँको विशेष रूचि रहेको छ। उहाँले कलकत्ता विश्वविद्यालयबाट एमबीबीएस, एडिनबर्ग यूकेको रोयल कलेज अफ सर्जनबाट एफ्आरसीएसईडि र यूकेको लकांशायर विश्वविद्यालयबाट एमएससी र एमसीएच(आघात र आर्थोपेडिक्स) मा पूरा गर्नुभएको छ। हाल डा. शैलज काठमाडौंको स्टार अस्पतालमा एक सल्लाहकार आर्थोपेडिक्स सर्जन हुनुहुन्छ।
फोरममा डा. शैलजले ओस्टियोपोरोसिस र ओस्टियोआर्थ्राइटिस भनेको के हो, यसका जोखिम कारकहरु लगायत ओस्टियोपोरोसिस र ओस्टियोआर्थ्राइटिसका बारेमा सबैको जिज्ञासालाई सम्बोधन गर्नु भयो। साथै यो रोग किन हुन्छ, यसको लक्षणहरू कसरी प्रस्तुत हुन्छन्, कहिले चेकअपको लागि जाने, कुन प्रकारको चेकअप गर्नु पर्छ, उपचार तथा व्यवस्थापन कसरी गर्न सकिन्छ, महिनावारी रोकिएपछि हड्डीको घनत्वमा कस्तो प्रभाव पर्छ र घुडाँको प्रतिस्थापन कसरी गर्न सकिन्छ जस्ता बिषयहरुलाई समेट्नु भयो। त्यसैगरी फ्राक्सको माध्यमबाट ओस्टियोपोरोसिसको निगरानी कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनुभएको थियो। फ्राक्स एउटा हड्डी भाचिने जोखिम मूल्यांकन गर्ने उपकरण हो। यो तल दिइएको लिंङबाट फ्राक्स चलाउन सक्नुहुनेछ। https://www.sheffield.ac.uk/FRAX/tool.aspx?country=9
प्रस्तुतिकरण पछि खुल्ला प्रश्न उत्तर सत्र पनि आयोजित गरिएको थियो भने दर्शकहरूबाट आएका प्रश्नहरु, आफ्ना अनुभवका केहि टिप्पणीहरु पनि सम्बोधन गर्नु भयो भने सो कार्यक्रम जूममा र अजिजको आधिकारिक पृष्ठमा लाइभ प्रस्तुत गरिएको थियो।
कार्यक्रमको रेकोर्दिंग तलको लिंकमा हेर्न सक्नु हुन्छ:
डा. शैलजले तयार पर्नु भएको विस्तृत जानकारीमुलक प्रस्तुति (PPT):