विशेषज्ञ: न्यूरोलोजिस्ट डा. बिक्रम प्रसाद गजुरेल | विषय: अल्जाइमर र डिमेन्शिया
अजिज् स्वास्थ्य फोरम ज्येष्ठ नागरिकहरुसँग सम्बन्धित स्वास्थ्य समस्याहरुको बारेमा डाक्टरहरु र विशेषज्ञहरु सँग प्रत्यक्ष कुराकानी गर्ने फोरम हो। यस स्वास्थ्य फोरमको उद्देश्य ज्येष्ठ नागरिकलाई बढी हुने स्वास्थ्य समस्याहरुको बारेमा जानकारी दिनु र छलफल गर्नु हो। अजिज् स्वास्थ्य फोरमको पहिलो सत्र अल्जाइमर र डिमेन्शियाको बारेमा थियो। कार्यक्रममा न्यूरोलोजिस्ट डा. बिक्रम प्रसाद गजुरेलले डिमेन्शिया र अल्जाइमरको बारेमा विस्तृत रुपमा जानकारी दिनु भयो।