Aji's

View Original

विशेषज्ञ: प्राध्यापक डा.जया प्रधान, पोषण विशेषज्ञ | विषय: मधुमेह र आहार

अजिज् स्वास्थ्य फोरम (Aji’s Health Forum) ज्येष्ठ नागरिकहरुसँग सम्बन्धित स्वास्थ्य समस्याहरुको बारेमा डाक्टरहरु र विशेषज्ञहरु सँग प्रत्यक्ष कुराकानी गर्ने फोरम हो। यस स्वास्थ्य फोरमको उद्देश्य ज्येष्ठ नागरिकलाई बढी हुने स्वास्थ्य समस्याहरुको बारेमा जानकारी दिनु र छलफल गर्नु हो।

अजिज् स्वास्थ्य फोरमको तेस्रो सत्र मधुमेह र आहार सम्बन्धि रहेको थियो। कार्यक्रममा प्राध्यापक डा.जया प्रधानले मधुमेह र आहारको बारेमा विस्तृत रुपमा जानकारी दिनु भयो। प्राध्यापक डा.जया प्रधान एक पोषण विशेषज्ञ हुनुहुन्छ विशेष गरी मधुमेहको लागी स्वास्थ्य र पोषण सम्बन्धि। उहाँ मधुमेह नेपाल संगठनको कार्यकारी सदस्य र कोषाध्यक्ष पनि हुनुहुन्छ भने हाल त्रिभुवन विश्वविद्यालयको गृहविज्ञान केन्द्रीय विभागमा अध्यक्ष पदमा कार्यरत हुनुहुन्छ। डा.जया नेपाल बिद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कारबाट पनि सम्मानित हुनुभएको छ। उहाँले स्वास्थ्य र पोषण सम्बन्धी थुप्रै किताबहरु र लेखहरु पनि प्रकासित गर्दै आउनुभएको छ।

फोरममा डा. जयाले शरीरमा खाना कसरी प्रयोग हुन्छ, शक्तिको रूपमा कसरी रूपान्तरण हुन्छ र त्यो शक्ति शरीरको विभिन्न कामको लागि कसरी प्रयोग हुन्छ भन्ने बारेमा स्पष्ट पार्नु भयो। त्यस्तैगरी मधुमेह भनेको के हो, रगतमा ग्लुकोजको मात्रा किन बढ्छ, मधुमेहको प्रकार, लक्षणहरू, मधुमेहको सम्भावना बढी कसलाई हुन्छ, यसले निम्त्याउन सक्ने स्वास्थ्य समस्याहरू, मधुमेहको नियन्त्रण तथा व्यवस्थापनका उपायहरू र मधुमेहको लागि भोजनको व्यवस्था गर्दा पौष्टिक तत्वको प्रतिशत कति हुनुपर्छ जस्ता बिषयहरुलाई समेट्नु भयो। प्रस्तुतीकरण पछि खुल्ला प्रश्न उत्तर सत्र पनि आयोजित गरिएको थियो भने दर्शकहरूबाट आएका प्रश्नहरु, आफ्ना अनुभवका केहि टिप्पणीहरु पनि सम्बोधन गर्नु भयो। सम्पूर्ण प्रस्तुति नेपाली भाषामा थियो र सो कार्यक्रम जूममा र अजिजको आधिकारिक पृष्ठमा लाइभ प्रस्तुत गरिएको थियो।

आफ्नो अमुल्य समय दिनुभएकोमा डा. जयालाई अजिज् टीमको मुरी मुरी धन्यबाद।  

कार्यक्रमको रेकोर्दिंग तलको लिंकमा हेर्न सक्नु हुन्छ:

See this content in the original post

डा. जयाले तयार पर्नु भएको विस्तृत जानकारीमुलक प्रस्तुति (powerpoint) यो लिंक बाट download गर्न सकिन्छ। 

See this content in the original post