Aji's

View Original

विशेषज्ञ: न्यूरोलोजिस्ट डा. बिक्रम प्रसाद गजुरेल | विषय: अल्जाइमर र डिमेन्शिया

अजिज् स्वास्थ्य फोरम ज्येष्ठ नागरिकहरुसँग सम्बन्धित स्वास्थ्य समस्याहरुको बारेमा डाक्टरहरु र विशेषज्ञहरु सँग प्रत्यक्ष कुराकानी गर्ने फोरम हो।  यस स्वास्थ्य फोरमको उद्देश्य ज्येष्ठ नागरिकलाई बढी हुने स्वास्थ्य समस्याहरुको बारेमा जानकारी दिनु र छलफल गर्नु हो।

अजिज् स्वास्थ्य फोरमको पहिलो सत्र अल्जाइमर र डिमेन्शियाको बारेमा थियो। कार्यक्रममा न्यूरोलोजिस्ट डा. बिक्रम प्रसाद गजुरेलले  डिमेन्शिया र अल्जाइमरको बारेमा विस्तृत रुपमा जानकारी दिनु भयो।डा. बिक्रम नेपालका एक प्रसिद्ध न्यूरोलोजिस्ट हुनुहुन्छ। उनले महाराजगञ्ज मेडिकल क्याम्पस, काठमाडौंबाट न्यूरोलोजी मा मेडिसिन को डॉक्टरेट र आन्तरिक चिकित्सामा एमडी पूरा गर्नु भएको छ । उनले क्यानडाको अल्बर्टा विश्वविद्यालयबाट. सेरेब्रोभास्कुलर रोगहरुमा क्लिनिकल फेलोशिप पनि प्राप्त गर्नु भएको छ । हाल डा. बिक्रम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सल्लाहकार र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा न्यूरोलोजी विभागमा एसोसिएट प्रोफेसर हुनुहुन्छ।

फोरममा डा. बिक्रमले डिमेन्शिया र अल्जाइमरका कारणहरु, जोखिम कारकहरु, डिमेन्शिया र अल्जाइमर बीचको फरकको बारे सबैको जिज्ञासालाई सम्बोधन गर्नु भयो। साथै यो रोग यो किन हुन्छ, यसको लक्षण र प्रकार, कहिले चेकअपको लागि जाने, कुन प्रकारको चेकअप गर्नु पर्छ, डिमेन्शियाको उपचार, कसरी हेरचाह गर्नुपर्छ र कसरी रोक्न सकिन्छ जस्ता बिषयहरुलाई समेट्नु भयो। प्रस्तुतीकरण पछि खुल्ला प्रश्न उत्तर सत्र पनि आयोजित गरिएको थियो भने दर्शकहरूबाट आएका प्रश्नहरु, आफ्ना अनुभवका केहि टिप्पणीहरु पनि सम्बोधन गर्नु भयो। सम्पूर्ण प्रस्तुति नेपाली भाषामा थियो र सो कार्यक्रम जूममा र अजिजको आधिकारिक पृष्ठमा लाइभ प्रस्तुत गरिएको थियो। आफ्नो अमुल्य समय दिनुभएकोमा डा. बिक्रमलाई अजिज् टीमको मुरी मुरी धन्यबाद।

कार्यक्रमको रेकोर्दिंग तलको लिंकमा हेर्न सक्नु हुन्छ

See this content in the original post

डा. बिक्रमले तयार पर्नु भएको विस्तृत जानकारीमुलक प्रस्तुति (PDF) यो लिंक बाट download गर्न सकिन्छ: Click here to download

सहकार्यको लागि नेपाल डाईटिसीयन एसोसिएशन  र पन्चकन्य फाउन्देशन लाई घेरै धन्यबाद ।