Aji's

View Original

विशेषज्ञ: डा. दीपक मल्ल एन्डोक्राइनोलोजिष्ट | विषय: मधुमेह र थाइरोइड

अजिज् स्वास्थ्य फोरम (Aji’s Health Forum) ज्येष्ठ नागरिकहरुसँग सम्बन्धित स्वास्थ्य समस्याहरुको बारेमा डाक्टरहरु र विशेषज्ञहरु सँग प्रत्यक्ष कुराकानी गर्ने फोरम हो।  यस स्वास्थ्य फोरमको उद्देश्य ज्येष्ठ नागरिकलाई बढी हुने स्वास्थ्य समस्याहरुको बारेमा जानकारी दिनु र छलफल गर्नु हो।

अजिज् स्वास्थ्य फोरमको चौथो सत्र मधुमेह र थाइराइड सम्बन्धि रहेको थियो। कार्यक्रममा विशेषज्ञ डा. दीपक मल्लले मधुमेह र थाइराइडको बारेमा विस्तृत रुपमा जानकारी दिनु भयो। डा. दीपक मल्ल एक प्रसिद्ध एमबीबीएस एमडी एन्डोक्राइनोलोजिष्ट हुन्। उहाँ आन्तरिक चिकित्सा, मधुमेह र एन्डोक्राइनोलोजी विशेषज्ञ हुनुहुन्छ। उहाँ नेशनल एकेडेमी अफ मेडिकल साइंसेज वीर अस्पतालको आन्तरिक चिकित्सा, मधुमेह, थाइरोइड र एन्डोक्राइनोलोजी विभागमा सहायक प्रोफेसर हुनुहुन्छ।

फोरममा डा. दीपकले मधुमेह भनेको के हो, कस्ता व्यक्तिहरूलाई मधुमेह हुने जोखिम बढी हुन्छ, मधुमेहका प्रकार, जाचँहरू, अल्पकालीन जटिलताहरू, उपचार, मधुमेहमा सन्तुलित आहारको महत्त्व, शारीरिक गतिविधिको फाइदाहरू, खुट्टाको हेरचाह लगायत हाइपोग्लाइसेमिया भनेको के हो, यस्का कारणहरू, लक्षणहरू र मधुमेहमा नियमित जाचँ गर्नुपर्ने कुराहरू जस्ता बिषयहरुलाई समेट्नु भयो। प्रस्तुतीकरण पछि खुल्ला प्रश्न उत्तर सत्र पनि आयोजित गरिएको थियो भने दर्शकहरूबाट आएका प्रश्नहरु, आफ्ना अनुभवका केहि टिप्पणीहरु पनि सम्बोधन गर्नु भयो। सम्पूर्ण प्रस्तुति नेपाली भाषामा थियो र सो कार्यक्रम जूममा र अजिजको आधिकारिक पृष्ठमा लाइभ प्रस्तुत गरिएको थियो।

आफ्नो अमुल्य समय दिनुभएकोमा डा. दीपकलाई अजिज् टीमको मुरी मुरी धन्यबाद।  

कार्यक्रमको रेकोर्दिंग यो लिंकमा हेर्न सक्नु हुन्छ: 

See this content in the original post

डा. दीपकले तयार पर्नु भएको विस्तृत जानकारीमुलक प्रस्तुति (powerpoint) यो लिंक बाट download गर्न सकिन्छ। 

See this content in the original post